कलैया,बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेंढाईले जिल्ला प्रशासन कार्यालय बारामा बिचौलियामार्फत कुनै पनि काम नहुने बताउनुभएको छ ।

बाराको कलैयास्थित एभरेस्ट लजमा आइतबार द सहारा लोन सेभिङ्ग कोअपरेटिभ लिमिटेडको साधारणसभामा प्रमुख अतिथिको रुपमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी सेंढाईले बिचौलियालाई लिएर जिल्ला प्रशासन कार्यालयमा आउने व्यक्तिलाई कारबाहीसमेत हुने चेतावनी दिनुभयो ।

सरसफाइको क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले विशेष ध्यान दिएर काम गरिरहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी सेंढाईले समाजका हरेक तहतप्काले सरसफाइमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

कोअपरेटिभ संचालक समिति सदस्य राकेश पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाराका प्रहरी नायब उपरीक्षक राजेश थापा, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र कलैयाकी संचालिका सुष्मा दिदी, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव, समाजवादी प्रेस संगठन बाराका अध्यक्ष अजय साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच द सहारा लोन सेभिङ्ग सोसाइटी प्रधान कार्यालय मलंगवाको आगामी आर्थिक वर्ष ०७९÷०८० मा ४२ करोड ४ लाख ८७ हजार ५० रूपैयाँ खुद नाफा आर्जन गर्ने अनुमानित लक्ष्य लिएको छ । कोअपरेटिभको कलैयामा सम्पन्न २५ औँ वार्षिक साधारणसभा सम्बन्धी छलफल कार्यक्रममा सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्ष नागेन्द्र कुमारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७÷०७८ को बार्षिक प्रतिवेदन सञ्चालक समितिका राकेश पाण्डेले प्रस्तुत गर्नुभएको थियो । सोसाइटीको प्रधान कार्यालय मलंगवाको २०७८ साल मंसिर महिनासम्म शेयर पुँजी ३० करोड २५ लाख २२ हजार चार सय रहेको छ ।

वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७÷०७८ मा लेखापरीक्षण प्रतिवेदन अनुसार संस्थाले आयकर बापत रु ८० लाख ५८ हजार तीन सय २८ रुपैया १५ पैसा नेपाल सरकारको आन्तरिक राजस्व कार्यालयमा कर चुक्ता गरे पश्चात सात करोड ९३ लाख ९८ हजार एक सय एक रूपैया र ७२ पैसा खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिइएको छ ।

सोसाइटीको सेवा केन्द्र कलैयाको कुल सेयर सदस्य दुई हजार छ सय ५७ रहेका छन् भने दुई करोड ४८ लाख १५ हजार शेयर पुँजी रहेको कार्यक्रममा जानकारी दिइएको छ । त्यसैगरी २० करोड छ लाख १४ हजार दुई सय १३ रुपैयाँ निक्षेप रहेको छ । त्यसैगरी ऋण लगानी ३० करोड ४३ लाख ६४ हजार नौ सय ७० रुपैंया रहेको बताइएको छ । साथै ८० लाख ४६ हजार एक सय ४७ रूपैयाँ मुनाफा आर्जन गरेको बारे संचालक समिति सदस्य राकेश पाण्डेयले जानकारी दिनुभयो ।

कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेश लालदास, पत्रकार मुकेश यादव, प्रहरी नायव उपरीक्षक राजेश थापा, पर्यटन पत्रकार समाज बाराका अध्यक्ष पवन यादव, ब्रह्मकुमारी राजयोगका सुष्मा बहन, गंगा बहन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सञ्चालक समितिका सदस्य राकेश पाण्डेयको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रमको संचालन जयनारायण यादवले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पुनम गुप्ताले गर्नुभएको थियो । फोटो पनि छ ।

Leave a Reply