सिमरा,मानव अधिकार तथा समाजिकक न्यायिक मञ्च (एलाइन्स) बाराको जिल्ला अध्यक्षमा अनिल तिवारी सर्वसम्मतले चयन हुनुभएको छ ।शनिवार बाराको सिमरामा सम्पन्न अगुवा मानव अधिकारवादीहरुको भेलाले तिवारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।मञ्चको उपाध्यक्षमा निजगढका तिर्थप्रसाद गौतम, सचिवमा करैयामाईका श्रीराम साह, सहसचिवमा कलैयाकी प्रतिमा यादव र कोषाध्यक्षमा जीतपुरसिमरा उपमहानगरपालिकाकी शान्ताकुमारी बजगाई चयन हुनुभएको छ । मञ्चको सदस्यमा हरिमाया लामा, सोनाम गुरुङ्ग र उषा सापकोटा चयन हुनुभएको छ ।यसैगरी बैठकले फाल्गुन ३० र चैत्र १ गते काठमान्डौँमा हुने एलाइन्सको राष्ट्रिय सम्मेलनमा सहभागी हुन जिल्लाका प्रत्येक पालिकाबाट १÷१ जना र जिल्ला कमिटीबाट ५ जना गरी २१ जना सहभागी गराउने सर्वसम्मतबाट निर्णय गरिएको जिल्ला अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य अरविन्द सिहंको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा एमालेका प्रदेश सभा सदस्य मनोज पौडेल, मानव अधिकारी तथा समाजिक न्यायिक मञ्च (एलाइन्स) केन्द्रीय सदस्य कृष्ण लामाको उपस्थिति रहेको थियो ।

Leave a Reply