बुधबार वडा परिषरमा विपन्नलाई राहत बाँड्दै वडाअध्यक्ष खड्का

पुष्पराज खतिवडा
मन्हर्वा –  जीतपुरसिमरा उपमहानगरपालिका १७ जैतापुरले राहतमा कमसल खाद्यान्न वितरण गरेको भन्दै स्थानियले राहत वितरणमा रोक लगाएका छन् । सोना मन्सुलीको चामल भन्दै कमसल , पुरानो र नराम्रो चामल विपन्नलाई वितरण गरेको उनीहरुको आरोप छ ।

 

चर्को मुल्य देखाई कमसल चामल बाँड्ने कार्यमा संलग्नलाई कार्वाही समेतको माग राखी स्थानियले वडाको राहत वितरणमा रोक लगाएका हुन् । वडाले ३ जना र सो भन्दा माथी परिवार संख्या अनुसार १७९ विपन्न परिवारको पहिचान गरी बुधबारबाट राहत वितरण सुरु गरेको थियो ।

 

 

वडा मार्फत प्राप्त चामल सडेको, कलसल र मिसावट यूक्त पाईएपछी संलग्नलाई कार्वाहीको माग गर्दै राहत वितरणमा रोक लगाईएको स्थानिय प्रेम लामाले बताए । गरिब र विपन्नलाई सरकारले दिने राहतमा लापरवाही गर्ने छुट कसैलाई नभएको भन्दै स्थानियले विहिबार वडा कार्यालय घेराउ गर्दै राहत वितरणलाई रोकेको उनले जानकारी दिए ।

 

१७ नं. वडा समितिले स्थानिय उपेन्द्र किरानाबाट राहत सामाग्री खरिद गरी वितरण गरेको थियो । प्रतिकेजी ४१ रुपैंयाका दरमा सोना मन्सुली चामल २० र ३० केजी पहुँचमा खरिद भएको चामलमा पसलेले बदमासी गरेको वडा समिति सदस्य संचराम थिङ्गले बताए ।

 

महामारीका बेला गरिब र विपन्नको गाँसमा लापरवाही गर्ने किराना पसलेलाई कार्वाही गरिनु पर्ने स्थानिय जगदिश चौधरीले बताए । असली मुल्यमा मिसावट यूक्त कमसल खाद्यन्न विक्रि गर्ने काला बजारीयालाई कडाभन्दा कडा कार्वाही गरिनु पर्ने उनले बताए ।

 

स्थानियले वडाबाट राहतमा बाँडेको चामल कमसल भएको गुनासो गरेपछी किराना संचालकले चामल फिर्ता गरेका छन् । यसको बदलामा अर्को चामल उपलब्ध गराउने शर्तमा फिर्ता लिएको किराना संचालक उपेन्द्र साहले बताए ।
सम्झौता अनुसार चामल उपलब्धताका लागि धेरै ठाउँबाट खरिद गरि ल्याएका केही बोरामा कमसल पाईएको उनले स्विकार गरेका छन् । आफुसँग मात्रै नरहेकोले विभिन्न मिलमा सम्पर्कगरी चामल ल्याएको थिए ,उनले भने ।

 

 

एउटाको सम्झौता गरी अर्को बिक्रि गर्ने किराना संचालकलाई कार्वाह ीगर्ने विषयमा छलफल भैरहेको वडा अध्यक्ष नवराज खड्काले बताए । पसलेबाट विस्वासमा घात गर्दा विवाद उत्पन्न भएको उनले बताए । सर्वत्र विवाद बढेपछी सबैलाइृ खबर गरी राहतमा बुधबार वितरण गरिएको १४५ बोरा चामल फिर्ता गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिए ।

Leave a Reply