आरके राजन
सिम्रौनगढ,नेपलबाट भारततर्फ लैजादै गरेको २० किलो गाँजा सहित एक जना नेपाली नागरिकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।भारतीय प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर १ निवासी दीनेश मुखियालाई सिम्रौनगढ सिमावर्ति क्षेत्रमा पर्ने अगर्वा बजार नजिकबाट नियन्त्रणमा लिएको हो । घटनाको सम्बन्धमा अठमुहान ७१ वी वाहिणी मोतिहारीका ईन्ट सेट– अपले दिएको जानकारी अनुसार बिहार पुलिस र जितना थानाको सयुक्त टोलीले मुखियालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका मुखियालाई गाँजालाई जितना थानामा बुझाइएको भारतीय प्रहरीले बताएको छ ।
यसैगरी बाराबाट प्रहरीले ९ वटा गाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोलीले ९ वटा गाई नियन्त्रणमा लिएको हो । कलैया उपमहानगरपालिका वडा नम्बर १० निलकण्ठास्थित मंलग बाबा मन्दिर नजिकबाट उक्त गाईहरु नियन्त्रणमा लिएको डिएसपी दधिराम न्यौपानेले बताउनुभयो ।
नेपालबाट भारततर्फ लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा २ लाख ५० हजार मूल्य बराबरको गाईहरु नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक न्यौपानले जानकारी दिनुभयो ।

Leave a Reply