कृष्णउदास खनाल

वीरगञ्ज,मुलुककै आर्थिक नगरीको उपमा पाएको वीरगञ्जमा पछिल्लो एक दशक यता आमुल परिवर्तन देखिएको छ । करिब दश वर्ष अगाडिसम्म वीरगञ्जको मुल बाटो निकै साँघुरो थियो । सडकमा ठेला, रिक्सा अनि साइकलको चापले सवारी साधन चलाउनेको लागि मात्रै होइन पैदल हिँड्न पनि कठिन थियो ।त्यत्तिमात्रै कहाँ होर, वीरगन्जको मुल सडकमा दिसाको थुप्रो नै हुन्थ्यो भने बसपार्कमा त जान मन कसैलाई लाग्ने थिएन तर आज वीरगञ्जमा यस्तो छैन । वीरगञ्जमा आमुल परिवर्तन भएको छ ।२०७२ सालको मधेस आन्दोलन ताका नै वीरगञ्जको सडकको बीचमा भाग रोपिएका हरिया बिरुवाहरु निमोठ्ने काम नभएको भए आज वीरगञ्ज अझै सुन्दर शहर हुने थियो तर अहिले वीरगन्ज सफा छ अनि हरियो पनि छ । वीरगञ्ज महानगरपालिकाले अहिले सरसफाइलाई पहिलो प्राथमिकतामा राखेको छ । मेयर राजेशमान सिंह आफै मैदानमा खटिएर सरसफाइलाई पहिलो प्राथमिकतामा राखेका कारण वीरगन्ज सुन्दर बनाउन सकिएको हो ।वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले वीरगन्जलाई थप सुन्दर पार्न र हरित नगरको रुपमा विकास गर्ने योजना बनाइएको बताउनुभयो । उहाँले यसको लागि गुरु योजना नै निर्माण गर्ने काम भइरहेको बताउनुभयो ।मेयर सिंहले पनि सरसफाइको सवालमा महानगरपालिका निकै कठोर रहेको बताउनुभयो । सडकमा जथाभावी फोहोर फाल्नेलाई ठाउँको ठाउँमा कारबाही गरिएको पनि बताउनुभयो । यद्यपि वीरगञ्जवासी अहिले वीरगञ्ज सफा हुनुमा वीरगञ्जका उद्योगी एवम् निवर्तमान मेयर बिजयकुमार सरावगीलाई पनि उत्तिकै संझनुहुन्छ । निवर्तमान मेयर सरावगीको पालामा न वीरगञ्जलाई सुन्दर बनाउने विषयमा नीति बनेको पाइएको छ ।सरावगीको पालमा नै सफाइको अन्ुभूति आफूहरुले गरेको वीरगञ्जको मुर्ली हाटबजारमा भेटिएका स्थानीय फिरोज खाँनले बताउनुभयो । सरावगीकै समयमा वीरगञ्जको बसपार्क पनि बनाइएको थियो ।जनप्रतिनिधिहरुको सक्रियता र कर्मचारीहरुको साथ अनि नगरवासीहरुको जागरुकताका कारण नै वीरगञ्जलाई सफा राख्न सकिएको र वीरगञ्जलाई थप सुन्दर सफा पार्न अझै धेरै काम गर्न बाँकी नै रहेको र आफ्नो कार्यकालमा वीरगञ्ज नमूना शहरको रुपमा विकास गर्ने प्रतिबद्धता मेयर सिंहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here