सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गत रहेका १ दर्जन लघुबित्त सस्ंथाको शाखा कार्यलयमा सेवाग्राहीले गरेको तालाबन्दी सोमवार पनि जारी रहेको छ ।सेवाग्राहीको नाममा पुगेको एउटा समुहले सिम्रौनगढ वडा नम्बर ६ र ७ मा कार्यालय स्थापना गरेर संचालनमा रहेका निर्धन उत्थान लघुबित्त, इन्फिनिटी लघुबित्त, सबैको लघुबित्त, समता घरेलु लघुबित्त, साना किसान, राष्ट्र उत्थान, निरोडे, सारथी र स्वरोजगार लगायतका लघुबित्त सस्ंथामा आइतवार दिउसो तालाबन्दी गरेका थिए । तालाबन्दीमा परेका केही कार्यालयको ताला कर्मचारीहरुले सोमवार दिउसोबाट खोलेको भएपनि अधिकांश कार्यालय अझै बन्द नै रहेको स्थानीयले बताएका छन । आन्दोलनकारीहरुले थप विरोध गर्नसक्ने त्रासमा संचालक र कर्मचारीहरुले ताला खोल्ने प्रयास नगरेको बताइएको छ ।साझा जागरण अभियान काठमाडौको अगुवाइमा स्थानीय सेवाग्राहीहरुले ऋण मिनाहाको माग गर्दै कार्यालयहरुमा ताला लगाएका हुन ।तालाबन्दीअघि उनीहरुले सिम्रौनगढ बजारमा जुलुसहित प्रदर्शन गरेका थिए । जुलूसका सहभागीहरुल लघुबित्तको किस्ता आतंक बन्द गर, किस्ता उठाउन पाइदैन, दलित समुदायको उठिबास गर्न पाइदैन, १ लाखदेखि २० लाखभन्दा कमको कर्जा मिनाह गर जस्ता नारा लगाएका थिए ।

Leave a Reply