निजगढ,रिटर्नी फेडरेशन नेपालको मधेस प्रदेशको शनिवार निजगढमा सम्पन्न भेलाले रुद्र खतिवडा (बारा) को संयोजकत्वमा २५ सदस्यीय रिटर्नी फेडरेशन मधेस प्रदेश कमिटी गठन गरेको छ ।
फेडरेशन मधेस प्रदेश उपाध्यक्षमा राजेश्वर साह (सिरहा), भवानीप्रसाद तिमल्सिना (रौतहट), सचिव निरज खडका (सर्लाही), उपसचिव विनोदकुमार कार्की (बारा) र कोषाध्यक्ष उमेश खडका (महोत्तरी) चयन हुनुभएको छ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य ज्वालाकुमारी साहको प्रमुख आथिथ्यतामा भएको सो भेलामा एमाले केन्द्रीय सदस्य एंव बारा जिल्ला ईन्चार्ज बलवीर चौधरी, मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ, युवा संघ केन्द्रीय सदस्य सीता केसीलगायतले बोल्नुभएको थियो । भेलामा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य सुदर्शन कोइराला, अन्जु नेपाली लगायतको पनि उपस्थिति रहेको थियो ।
केन्द्रीय सदस्य एंव मधेस प्रदेश कमिटीका इन्चार्ज रामकृष्ण घिमिरेको अध्यक्षतामा भएको सो भेलाको संचालन केन्द्रीय सदस्य थानेश्वर सापकोटाले गर्नुभएको थियो । निजगढस्थित पार्टी प्यालेसमा भएको सो भेलामा मधेस प्रदेशका ८ जिल्लाका करिव १५३ जनाको सहभागिता रहेको थियो ।



















