पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले आफ्नो कार्यक्षेत्र भित्रका ७ वटा विद्यालयमा सिलिङ्ग पंखा वितरण गरेको छ ।संस्थाले असार १५ धान दिवसको अवसर पारेर कलैया उपमहानगरपालिकाका ५ वटा र जितपुरसिमरा उपमहानगरपालिका २ वटा विद्यालयमा शुक्रवार १९ थान पंखा वितरण गरेको हो ।कलैया उपमहानगरपालिका अन्तर्गत वडा नं. २६ को श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महेशपुर, अमर माध्यमिक विद्यालय दोहरीले ३÷३ थान र आधारभुत विद्यालय पकडीले २ थान पंखा पाएका छन् । यस्तै सोही पालिका अन्तर्गतको वडा नं. २४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वाले ३ र आधारभुत विद्यालय श्रीपुरले २ थान पाएका छन् ।यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुर र वडा नं. १८ को बडहर्वामा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयलाई ३÷३ थान पंखा दिईएको संस्थाले जनाएको छ ।संस्थाले सहकारी सिद्धान्त “सामाजिक उत्तरदायित्व” अन्तर्गत तराईको गर्मीको बीच भइरहेको पटनपाठनमा राहत पु¥याउने उदेश्यले विद्यालयहरुमा पंखा वितरण गरिएको सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो । सहकारीले विद्यालयमा पिउने पानिको व्यवस्थासँगै शौचालय निर्माण, गाउँमा मठमन्दिर निर्माण, ग्रामीण कृषि बजार स्थापना, विपन्न समुदायका स्थानीयलाई विभिन्न खालको राहत तथा पीडितहरुलाई सहयोग समेत गर्दै आएको छ । स्थानीय तथा राष्ट्रिय विपद्हरुमा समेत संस्थाले पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।जीतपुरसिमरा १८ को बडहर्वामा मुख्य कारोबार रहेको सहकारीले ३ हजार २ सय सदस्यहरुका बीच कृषि पसल, डेरीसहित ५ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आइरहको छ । कृषि प्राविधिक सहितको सेवा प्रदान गर्दै आएको सहकारीले आफ्ना सदस्यहरुलाई सहुलियत कृषि कर्जा प्रदान गर्नुका साथै कृषिसँग सम्बन्धीत विभिन्न ब्यवसायिक तालिम समेत संचालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।



















