राजन कुमार बानिया

पोखरिया – पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरिया बजारमा बुधबार पोखरिया युवा समाज र ईलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त आयोजनामा सेनिटाईजर छर्किेएको हो । ताबो ईन्टरनेशनल बिरगंज र प्रदेश सभा सदस्य पहलाद गिरीको सहयोगमा पोखरिया नगरपालिका वडा नं ४ पोखरियाको बाटो र सार्बजनिक स्थलहरुमा सेनिटाईजर छर्किएको हो ।

 

 

 

कोरोना बिरुद्धको लडाई अभियानमा नगरको हरेक वडाहरुमा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्नका लागी निशुल्क सेनिटाईजर छर्किेने कार्य शुरु भएको अभियानमा खटिएका युवा नौसाद आलमले बताए । कोरोनाले कसलाई चिन्दैन, यसबाट बच्नका लागी हामीहरु सुरक्षा र सतकर्ता अपनाउन आवश्यक रहेको उनले बताए । कोरोना भाईरसबाट बचाउन सरकारले गरेको लकडाउनको पालना गरि घरमा बस्न आग्रह गर्दै हात जहिले पनि साबुन पानीले धौऔं वा सेनिटाईजर प्रयोग गरौ ,भिडभाड स्थानमा नजाऔं,माक्स लगाउनु, सुरक्षा सतकर्ता अपनाउं कोरोनाबाट आफुपनि बचौं र अरुलाईपनी बचाउँ उदेश्यकको साथ नगरमा सेनिटाईजर छर्किने कार्य सुरु भएको युवा आलमले बताए ।

 

 

 

साथै कोरोना भाईरस नियन्त्रण गर्नेका लागी नेपाल सरकारले लकडाउन गरेकाले सबैलाई पालना गर्ने नगरबासीसंग उनले आग्रह गरे । सेनिटाईजर छर्किेने कार्य ट्रेक्टरमा लोडगरी छर्किएको बताए । सेनिटाईजर छर्किने कार्यमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंह, जनता समाजबादी पार्टीका बिधार्थी नेता सुजित गिरी, राकेश महतो, प्रहरी र स्थानिय युवाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here