कलैया,बाराको कलैया उपमहानगरपालिका– २५ स्थित सिसहनिया चोक नजिकै कलैया–वीरगञ्ज सडकखण्डमा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा एक जना घाइते बनेका छन ।ना ३९ प ९३०८ नम्बरको डिस्कभर मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । दुर्घटनापछि घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply