काठमाण्डौं,आउँदो महिना हुने जी–२० को शिखर सम्मेलनमा बाँदरले दुःख दिने अनुमान गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रशासनले सतर्कता अपनाएको छ । अधिकारीहरूले बाँदर नियन्त्रणका लागि विभिन्न उपायको खोजी गरिरहेका बीबीसीले जनाएको छ ।भारतको नयाँ दिल्लीमा हजारौँको सङ्ख्यामा ढेँडु जातको बाँदर रहेका छन् । यी बाँदरले बेला बेला मानिसलाई आक्रमण गर्ने तथा विभिन्न समारोहमा प्रवेश गरेर बिथोल्ने गरेका छन् ।जी–२० शिखर सम्मेलनको क्रममा बाँदलले दुःख नदिऊन् भनेर अधिकारीहरूले विभिन्न जनावरको स्वर निकाल्ने ४० जना मानिसलाई ठाउँ–ठाउँमा खटाउने तयारी गरेका छन् । यस्तै बाँदरलाई खानेकुरा खोज्न भौतारित नपरोस् भनेर ठाउँ–ठाउँमा पर्याप्त खाना राखिदिने तयारीसमेत रहेको खबरमा उल्लेख छ ।आउँदो सेप्टेम्बरको ९ र १० तारिखमा नयाँ दिल्लीमा जी–२० हुँदैछ । यो सम्मेलनमा अमेरिका, बेलायत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, क्यानडालगायतका देशका प्रमुख आउने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here