निजगढ,होली पर्वको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ५ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना उत्पादनको बिक्रीमा ५ प्रतिशत छुट दिने भएको छ ।संस्थाले होलीको अवसरमा दही, घिउ, खुवा, पनिर र नौनी जस्ता दुधजन्य उत्पादनमा आइतवारबाट लागू हुनेगरी छुट दिन लागिएको संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिनुभयो ।बारा जिल्लामा उत्कृष्ट संस्थाको रुपमा चिनारी बनाउन सफल बागदेब डेरीले हाल २ हजार ५ सय जना किसानमार्फत मासिक करिब ४ लाख लिटर दूध खरिद गरी बिक्री गर्दैआएको छ ।

संस्थाले दैनिक १२ हजार लिटर दूध सङ्कलन गरेर बजारमा पु¥याउने गरेको छ । त्यसमध्ये निजगढमा दैनिक एक हजार लिटर दुध खपत हुने र बाँकी दूध देशका बिभिन्न बजारसम्म पु¥याएर बिक्री गर्ने गरेको संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
दुध उत्पादन बढी भएर देशका अन्य क्षेत्रमा ‘मिल्कहोलिडे’ चलिरहेको बेला बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले भने सो समस्या झेल्नु नपरेको अध्यक्ष सापकोटाको भनाई छ । संस्थाले आफ्नै प्रशोधन केन्द्रमा पनिर, घिउ, दही र नौनी जस्ता बस्तु उत्पादन गर्ने गर्दैआएको छ ।
त्यसैगरी संस्थाले पशुपालक कृषकहरूका लागि ५० प्रतिशत अनुदानमा बिभिन्न मेसिनेरी साम्रगी, पशुउपचार, पशुप्राविधिक, पशुआहार पशु किसान सञ्जय कोष र पशु स्वास्थ्य बिमालगायतका कार्यक्रमहरू पनि सञ्चालनमा ल्याएको छ ।संस्थाले उपलब्ध गराएको सुविधाले निजगढका किसानहरु पशुपालन र दुध उत्पादनमा आकर्षित भएका छन् । दुध सङ्कलनका निम्ति पालिकाका १४ स्थानमा सेवा केन्द्र र ५ स्थानमा चिस्यान तथा बिक्री केन्द्र समेत संस्थाले संचालनमा ल्याएको छ ।दूध सङ्कलन र बिक्रीमा मधेस प्रदेशकै सर्वोत्कृष्ट कार्य गरेका कारण सङ्घीय र प्रदेश सरकारबाट यो संस्था पटक पटक सम्मानित पनि हुदैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here