राजन कुमार बानिया
पोखरिया,सशस्त्र प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले शुक्रवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । भिस्वामा रहेको छोटी भन्सारमा सीमा विकास कार्यक्रम अन्तर्गत सीमावर्ती क्षेत्रमा बसोबास गर्नेसँग सम्बन्ध प्रगाढ बनाउने उदेश्यका साथ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन प्रमुख अतिथि रहनुभएका सीमा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले गर्नु भएको थियो । प्रमुख पौडेलले कार्यक्रममा स्थानीय सुरक्षा आफ्नो गहन जिम्मेवारी हुनुका साथै काम पनि भएको बताउनुभयो ।

स्थानीय जनसमुदायको सहकार्य बिना सुरक्षा र विकासका कार्य अघि बढ्न नसक्ने उहाँको भनाई छ ।
निःशुल्क स्वास्थ्य शिविरमा प्रभु हस्पिटल वीरगञ्ज र वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २ प्रमुख छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र साह, छिपहरमाई गाउँपालिकाका उपाध्यक्ष लिलावती देबी, वडा अध्यक्ष मौजीलाल साह कानु, वडा अध्यक्ष दिपेन्द्र सिंह, महेन्द्र साह कलवार, कामेश्वर यादव, नेता किशोरी साह कानु, सुबास साह, गनेश जयसवाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका गुल्मपती एसपी रामकृष्ण कर्माचार्य, सशस्त्र प्रहरी बल नेपाल बाराका गुल्मपती एसपी संतोष सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, प्रेमबहादुर कठायत, प्रभु हस्पिटल वीरगञ्जका सञ्चालक डा. लक्ष्मी थापा गुप्ता, एमडी दिलिप कार्की, वीरगञ्ज सामुदायिक आँखा अस्पतालका डा. प्रेम सिंहलगायतको सहभागिता रहेको थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ३ जनाको परीक्षण गरी निःशुल्क औषधि पनि वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here