कलैया,श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयाको वि स २०६० सालको एसएलसी ब्याचका विद्याथीद्वारा शिक्षकको सम्मान गरिएको छ । शनिवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पूर्वविद्यार्थीहरुले शिक्षकहरूको सम्मान गरेका हुन ।सो अवसरमा विद्यालयका शिक्षक राधारमण दत्त, अशोक यादव, लक्ष्मी साह, अनिल गुप्तालाई विद्यार्थीहरु अजय साह, बिना पाण्डे, संजय कुशवाहा लगायतले फूलमाला, गम्छा ओढाएर सम्मान गरेका थिए ।आफूहरूले पढाएका विद्यार्थीहरू मध्ये कोही शिक्षक, कर्मचारी, प्रहरी, सेना, पत्रकार भएको देखेर खुशी लागेको शिक्षकहरुले बताएका छन । आफुहरूले विद्यार्थीहरूलाई अनुशासनमा राखेर पठनपाठन गराएको फल अहिले प्राप्त भएको देखेर मन हर्षित भएको उनीहरुको भनाइ थियो ।कार्यक्रममा कलैया उपमहानगर वडा नम्वर ३ का पूर्ववडा अध्यक्ष जलाउदिन मसुर, पत्रकार अजय साह, राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी वरूण गुप्ता, मालपोत कार्यालय कलैयाका सुब्बा गौतम वस्ती, शिक्षक महन्त यादव, बिमलेश यादव, हरिकञ्चन चौधरी, मनोज पाल, संजय कुशवाहा, जितेन्द्र गुप्ता, नरेन्द्र गुप्ता, ममता कुमारी, बिणु पाण्डे, जुना नेपाल, मनोरमा मलिक, लक्ष्मी शर्मा, रुपा शर्मा, रुपेश कर्ण, नविन बन्ड, शिवजी महरा, निलु झा लगायतको सहभागिता रहेको थियो ।



















