निजगढ,निजगढ नगपालिकाका किसानले पालेको पशुमा लम्पीस्किन नामक नयाँ रोग लागेको फेला परेको छ ।निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरका किसानले पालेको गाईहरुमा सो रोग देखिएको निजगढ नगरपालिका पशुसेवा शाखा प्रमुख युगलकिसोर सिंहले जानकारी दिनुभयो ।केही दिनअघि मकवानपुर जिल्लाका विभिन्न क्षेत्रमा देखापरेको यो रोग निजगढमा भने शनिवारमात्र पत्ता लागेको हो । अत्यन्तै घातक र सरुवा प्रकृतिको यो रोगलागेपछि पशुको शरीरमा घटिरा देखापर्ने र बिस्तारै पाकेर किरा पर्ने र पशुको मृत्युसमेत हुनसक्ने पशुसेवा शाखा प्रमुख सिंहले जानकारी दिनुभयो ।


















