सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित रामवनमा माछा मार्ने क्रममा करेन्ट लागेर आइतवार एक जना बालकको मृत्यु भएको छ ।खोलामा विद्युत प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर १३ वर्षीय निराजन पाख्रिनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।विद्युत् प्रवाह गरेर माछा मारिरहेका वेला पाख्रिनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चिरञ्जिबी दाहालले जानकारी दिनुभयो ।



















