काठमाण्डौं,साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा भूटानलाई हराएको छ ।थाइल्यान्डको बैंककमा रहेको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले भूटानलाई ४–१ गोलले हरायो ।

नेपाली पुरुष टोलीले पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलले हराउँदा दोस्रो खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेको थियो । यस्तै नेपालले तेस्रो खेलमा पाकिस्तानसँग ४–४ गोलको बराबरी खेल्दा चौथो खेलमा माल्दिभ्ससँग २–१ गोलले पराजित भएको थियो । यस्तै नेपालले पाँचौँ खेलमा बङ्गलादेशलाई ४–१ गोलले हराएको थियो ।साफ फुटसल च्याम्पियनशिपमा पुरुषतर्फको उपाधि माल्दिभ्सले जितेको छ। लिग चरणको शीर्ष स्थानमा रहँदै माल्दिभ्स विजेता बनेको हो ।

यस्तै प्रतियोगिताको महिलातर्फ नेपाली टोली चौथो भएको छ । महिलातर्फको उपाधि बङ्गलादेशले जितेको छ ।दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो ।

Leave a Reply