केही दिनअगाडि काठमाडौंबाट नेपालमा नाम चलेका केही कलाकारहरु पक्राउ परे । उनीहरु पक्राउ पर्नुको कारण भनेको चाही साइबल अपराध नै थियो । उनीहरुले नाफाका लागि भन्दै एउटा विज्ञापन गरेका थिए, जसका कारण उनीहरु अहिले पनि हिराशतमा छन् । झट्ट हेर्दा ठूलो गल्ती होइन तर कानुनको अज्ञानताका कारण उनीहरुले अनाहकमा समस्या त झेल्न परेको छ नै साथमा उनीहरुको इज्जतमाथि पनि ठूलो दाग लाग्न पुगेको छ ।बाराका केही स्थानीय त पनि साइबर कानुनको विषयमा केही कार्यक्रम संचालन गरेको देखिन्छ । बाराको जीतपुरसिमराका मेयर राजन पौडेलले सोमवार मात्रै एक कार्यक्रम गरेको पाइएको छ । वास्तवमा यो निकै जटिल विषय हो । अहिले त झन् यो साइबर अपराधका विषयमा जनचेतना अति आवश्यक भएको छ । जथाभावी सामाजिक संजाल संचालन गर्ने अनि प्रहरीको फन्दामा पर्नेहरु पनि बढेका छन् ।यस्तोमा स्थानीय सरकारहरुले नीति बनाउन देखिन्छ । साइबर अपराधका विषयमा स्थानीय सरकारहरुले जनचेतनामुलक कार्यक्रम संचालन गरेको खण्डमा अनाहकमा आफ्ना नागरिकहरु जेल पर्नबाट जोगिनेछन् । यसतर्फ सबै स्थानीय तहहरुले सोच बिचार गरेर नीति बनाइएको खण्डमा पक्कै पनि साइबर अपराधबाट धेरैलाई जोगाउन सकिनेछ ।
















