नरेश गुप्ता
बारा – जिल्ला  ट्राफिक पोष्ट कलैयाले आ ब ०७६/०७७ को कार्तिक र मंसिर महिनामा सात सय सवारीसाधनलाई कार्वाही गरिएको जनाएको छ । ट्राफिक नियम पालना नगरेको ,हेल्मेट  नलगाउने , ब्लु बुक नबोक्ने , ओभरलोड सवारीसाधनलाई कार्वाही  गरिएको ट्राफिक पोष्ट कलैयाको ट्राफिक नायब निरीक्षक सुरेश यादवले बताउनु भयो । 
जिल्लाको प्रमुख भरत चौक , चौधरी कम्युनिकेशन , अदालत रोड , बैक रोड , अस्पताल रोडमा अव्यवस्थित रुपले पार्किङ गर्ने सवारीसाधनलाई ब्यवस्थापन गर्न  आफ्नो पहिलो जिम्मेवारी भएको बताउदै प्र ना नि यादवले   अव्यवस्थित  सवारीसाधनलाई कार्वाही गर्न कलैया उपमहानगरपालिकाको सहयोग समेत आवश्यक रहेको बताए । ट्राफिक नियम उलंघन गर्ने ट्रक , टृपर , बस , ट्रक्क्टर , मोटरसाइकल लगायतका सवारीसाधन कार्वाहीमा परेको उनले बताए ।
ट्राफिक पोष्ट कलैयाले कार्तिक २ लाख २८ हजार ४५६ रुपैया र मंसिरमा १ लाख १६ हजार  ५ सय रुपैया राजश्व संकलन भएको छ । बढ्दै गएको सवारीसाधनको चाप र क्षेत्रको हिसाबले बाराको तीन ठाउमा जैतापुर , सिमरौनगढ , गण्डकमा  अस्थायी ट्राफिक  पोष्ट थपिएको ट्राफिक नायब निरीक्षक  सुरेश यादवले बताउनु भयो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here