दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोल्हवी बाराको उपशाखा कार्यालय खोपवा सेवा केन्द्रद्वारा सञ्चालन गरिएको सदस्यता विस्तार तथा घरदैलो कार्यक्रम बिहीबार बारागढी गाउँपालिका वडा नम्बर ६, गडहल टोलमा सम्पन्न भएको छ ।
‘एक घर एक सदस्य’ भन्ने नारासहित सञ्चालित उक्त कार्यक्रम संस्थाको शाखा सञ्चालक उपसमितिका सदस्य प्रमेन्द्र कुमार फौजदारको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ६ की वडा सदस्य तथा ज्ञान गंगा सामुदायिक सिकाइ केन्द्र गडहलकी परिचालिका रोशनीकुमारी चौधरी, सोनिकाकुमारी फौजदार, खोपवा सेवा केन्द्रका प्रमुख कुमारसानुप्रसाद चौधरी, दिनेश घिमिरे लगायत स्थानीयको उपस्थिति रहेको थियो ।कार्यक्रमले सहकारीमा नयाँ सदस्यता थप गर्दै समुदायमा आर्थिक सचेतना र सहभागिता विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


















