A picture taken from Rafah shows smoke billowing over Khan Yunis in the southern Gaza Strip during Israeli bombardment, as the war between Israel and the Palestinian militant group Hamas enters its 100th day on January 14, 2024 (Photo by AFP)

काठमाण्डौं,प्यालेस्टिनी विद्रोही समूह हमासले कतार र इजिप्टको मध्यस्थतामा भएको युद्धविरामसम्बन्धी सम्झौताको प्रस्ताव स्वीकार गरेको छ । पहिलो चरणमा छ हप्ताको युद्धविराम गर्ने र त्यस अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ जना इजरायली बन्धकको रिहा गर्ने उल्लेख रहेको इजिप्टका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

हमासले रिहा गरेको प्रत्येक इजरायली बन्धकका लागि ३० प्यालेस्टिनी महिला तथा बालबालिका रिहा गर्ने प्रस्तावमा उल्लेख छ । यस्तै प्रस्तावमा इजराइली सेना विस्तारै गाजाका केही भागहरूबाट फिर्ता हुने र जासुसी उडानहरू दैनिक १० घण्टाका लागि रोकिने उल्लेख रहेको सीएनएनको खबरमा उल्लेख छ । हमासले स्वीकार गरेको यो प्रस्तावमा सम्झौता भएमा गाजामा चलिरहेको द्वन्द्व रोक्न सम्भावित सफलताको प्रतीक भएको सीएनएनले जनाएको छ ।इजिप्ट र कतारको प्रस्ताव हमासले स्वीकार गरेपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजराइली सरकार र हमास दुवैलाई युद्धविराम सम्झौतामा सहमत हुन आह्वान गर्नुभएको छ । तर इजरायलले यो प्रस्ताव आफ्नामाग पूरा गर्न नसक्ने भन्दै रफाहामा सैन्य कारबाहीलाई निरन्तरता दिने चेतावनी दिएको सीएनएनले जनाएको छ ।

एक अमेरिकी उच्च अधिकारीले हमासले प्रस्ताव स्वीकार गर्नु महत्त्वपूर्ण रहेको भन्दै अन्तर्राष्ट्रिय दबाबबाट इजरायल पनि यो प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गरेका सीएनएनले जनाएको छ ।यसैबीच इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोही रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर आक्रमण गरेको थियो । इजरायली सेनाले पूर्वी रफाह क्षेत्र नियन्त्रणमा लिएकोमा विरोध गर्दै इजिप्टले यो कदम खतरनाक रहेको बताएको छ ।

Leave a Reply