बारा सदरमुकाम कलैयामा सस्तो र रमाइलो मेला २०७८ शुरु भएको छ । कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादबले बिहीबार मेलाको उद्धघाटन गर्नु भएको हो ।

द जिनियस डान्स एकेडेमी कलैयाको आयोजनामा हुन लागेको मेला वडा नम्बर ४ स्थित जानकी हल पछाडिको मैदानमा संचालन हुदै छ । मेला कार्तिक २२ गतेसम्म संचालनमा आउने आयोजक संस्थाका अध्यक्ष अन्कुश ब्याहुतले जानकारी गराउनुभयो ।

मेलाको उद्धघाटन गर्दै नगर प्रमुख यादबले कलैयाको आन्तरिक पर्यटन विकाससंगै व्यापारमासमेत टेवा पुग्ने र स्थानीय उपजको पनि बजारीकरण हुने बताउनुभयो । मेलामा विभिन्न खालका मनोरञ्जनात्मक खेल तमासाकोसमेत स्टल राखिएको छ । मेलामा रहने स्टलको लागत .५ हजारदेखि २५ हजारसम्म रहेको आयोजक संस्थाका सचिव अर्जुन गुप्ताले बताउनुभयो ।

मेलाको प्राविधिक सहयोग द लिड ईन्टरटेनमेन्ट एन्ड एडभरटाईजले गरेको छ भने कलैया सिटी जेसिजले सहयोग गरेको छ । मेलाको मुख्य सहयोगीको रुपमा कलैया उपमहानगरपालिका रहेको छ ।

उदघाटन कार्यक्रममा नगर उपप्रमुख रहिमा खातुन, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, वडा नम्बर २ का अध्यक्ष राजेश मण्डल, ४ का अध्यक्ष जट्टाशन्कर सहनी, १२ का अध्यक्ष राजेश्वर केशरी, १९ का लतिफ मिया ठकुराई, २१ का अध्यक्ष पुनदेव रौनियार, २२ का अध्यक्ष लालबाबु यादब, २५ का अध्यक्ष राजेश स्वर्नकार, २७ का अध्यक्ष रेयाजुल अन्सारी, बारा उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार साह, कोषाध्यक्ष राजेश बुढा, तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, लोसपा नेता जयप्रकाश साह, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पप्पु साह, वाईसिएलका केन्द्रीय सदस्य डा.सुशील साहलगायत स्थानीय जनप्रतिनिधि, व्यवसायी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply