राजन कुमार बानिया
पोखरिया,केडिया आँखा अस्पताल परवानिपुरले आफनो ५०औं बार्षिक उत्सवको उपलक्ष्यमा बारा जिल्लाका विभिन्न पालिकाका शारीरिक अपाङ्गता भएका १४ जना ह्वीलचियर र स्टेचर वितरण गरेको छ ।अस्पतालले कलैया उपमहानगरपालिकाका ३ जना, महागढीमाई नगरपालिकाका २ जना,सिम्रौनगढ नगरपालिकाका १जना र आदर्शकोतवाल गाउँपालिकाका ८ जना गरि जम्मा १४ जनालाई ह्विल चियर रआदर्श कोतवाल गाउँपालिका निवासी अपाङ्ग महासङ्घका सदस्य सुनिलकुमार यादवलाई स्ट्रेचर एक कार्यक्रमकाबीच प्रदान गरिएको हो । ह्विल चियर पाउने सबै व्यक्तिहरु पुर्णरुपमा अपाङ्ग रहेका छन । समाजिक अभियन्ता प्रकाश थारुले शारीरिक रुपमा पुर्ण अपाङ्गता भएका व्यक्तिहरुको घरघरमा पुगेर उनीहरुको यकिन गरि सहयोगी सामग्री उपलब्ध गराइएको बताउनुभयो ।

कार्यक्रममा केडिया आँखा अस्पतालको प्रतिनिधि भरत ठाकुर, सुशील पटेल समाजिक अभियान्ता प्रकाश थारू, अपाङ्ग महासङ्घका सदस्य सुनिलकुमार यादव, प्रहरी नायब निरीक्षक तुलसी पोखरेल, वडा अध्यक्ष जवाहीर प्रसाद, मिथिला सारथी समाजका कोषाध्यक्ष जितेन्द्र पटेल तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।

















