कलैया,बाराको करैयामाई गाउँपालिकाको १३ आंै गाउँसभामा आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, योजना अधिकृत बिरेन्द्र महतो, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।गाउँपालिकाका अध्यक्ष यादवले पेस गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकालाई समृद्ध र ब्यबस्थित र सुदृढ बनाउनुका सुशासनको पाटोमा नयाँ योजनाका साथ अगाडि बढ्ने उल्लेख गरिएको छ । पालिकाको आगामी आर्थिक वर्षको बजेट आषाढ १० गते आइतवार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply