बारा जिल्ला पचरौता नगरपालिकाकाे नगर प्रमुख रमेशकुमार यादवले वडा नम्बर १ देखि ९ सम्म काेरेना भाइरस काेभिड १९ काे राेकथाम तथा नियन्त्रणको लागि बिलिचिङ पाउडर छिडकाउ गराएका थिए । बिश्व ब्यापि महामारीको रूपमा फैलिएको कोरेना भाइरस काेभिड १९ बाट बच्नको लागि आ आफ्नो घरमा बसिदिनकाे लागि अाग्रह समेत गरेका थिए । साेमबार बिहान देखि नै पानी टयान्करमा पानी र बिलिच्ङकाे घाेल बनाएर लाेड गरि नगरपालिकाकाे क्रमचारी तथा स्वास्थ संयोजक नवलकिशाेर यादवकाे सहयाेगमा बेलदारि चिकनि पकडिया बेनौली लगायत सम्पुर्ण नगरपालिका भरि नै छिडकाउ गरेकाे थिए ।
प्रशासकीय अधिकृत रेश्म बहादुर सिंहले बताउदै पचरौता नगरपालिकामा रहेको श्री नेपाल राष्ट्रिय विद्यालय पिपरपातिकाे काेरेनटाइनमा अहिलेसम्म दस जनालाई काेरेनटाइनमा राखि चौबीसै घन्टा सेवा सुबिधा दि राखेका छौ। नगरपालिकामा कुनै किसिमको ब्यक्ती पारि भारतबाट अाए लगतै सुचना दिन स्थानिय संग आग्रह समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here