?

वीरगञ्ज – पर्सा, बारा र रौतहटमा नयाँ नागरिकता ऐनअनुसार आइतबारदेखि नागरिकता वितरण गरिने भएको छ। मधेसका यी तीन वटै जिल्लामा आइतबारदेखि नै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्ने तयारी गरिएको छ।सर्वोच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा बिहीबार अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएसँगै नागरिकतासम्बन्धी विवाद टुंगिएको छ।अब जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउने बाटो खुलेको छ। पर्सामा पनि शुक्रबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर नयाँ नागरिकता ऐनअनुसार नागरिकता बनाउँदा चाहिने कागजातबारे जानकारी दिएको छ।पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा नयाँ नागरिकता ऐनअनुसार चाहिने कागजातको विवरण जानकारी गराइएको छ।नागरिकता प्राप्त गर्नका लागि निवेदकले वडाध्यक्षको सिफारिससहितको अनुसूची १ को फारम, बाआमाको सक्कल नागरिकता र फोटोकपी, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रलगायत कागजात चाहिन्छ।जिल्लामा शुक्रबारदेखि नै फर्म संकलन गर्ने कार्य सुरु भएको र आइतबारदेखि नागरिकता वितरण गरिने तयारी रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए।उनले शुक्रबार फम संकलन गरिएकाहरूलाई आइतबार बोलाइएको बताए।‘त्यस्तै, रौतहटमा पनि नयाँ ऐनअनुसार नागरिकता वितरण कार्य आइतबारदेखि हुने भएको छ।नयाँँ नागरिकता ऐनअनुसार आईतबारदेखि नागरिकता वितरण गर्ने र त्यसका लागि सूचना जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।‘नागरिकता वितरणका लागि कार्यालयमा व्यवस्था गर्नेदेखि लिएर अन्य तयारी पूरा गरेका छाँै, ‘उनले भने, ‘आइतबारदेखि नयाँ ऐनअनुसार नागरिकता वितरण गर्छौं।’लामो समयदेखि नागरिकताविहीन रहेका जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएपछि उनीहरूले खुसियाली मनाएका छन्।

Leave a Reply