हेटौडा – बागमती प्रदेशका जिल्लार्मा यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको ८ हजार ६ सय १० जनामा परीक्षण गरिएको छ । प्रदेशका १३ वटै जिल्लार्मा यापिड टेष्ट गर्दा १८ जनामा पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो र्। यापिड टेष्टको कामलाई अरु प्रदेशमा जस्तै बागमती प्रदेशमा पनि तिव्रता दिइएको छ । मकवानपुरका दश वटै स्थानीय तहमा गरेर ६ सय ७ जनार्को यापिड टेष्ट गरिएको छ ।

 

 

 

उनीहरु मध्य चार जनाको पोजेटीभ देखिए पनि पीसीआरबाट भने नेगेटीभ रिपोर्ट प्राप्त भएको सामाजिक विकास मन्धालयलय जनाएको छ । अरु ६ सय ३ जनाको आरडीटी रिपोर्ट नेगेटीभ आएको छ र्। यापिड टेष्ट हेटौंडामा सवैभन्दा धेरै र गाउँपालिका स्तरमा पनि गरिदै आएको छ । विशेषगरी कोरोनाको संका लागेकाहरुमा र विदेशबाट फर्किएकाहरुलाई लक्षित गरेर्र यापिड टेष्ट गरिएको हो ।

 

 

यापिड टेष्ट काठमाण्डौमा २ हजार ६ सय १० जना, भक्तपुरमा ३ सय ८४ जना, ललितपुरमा ७ सय ८ जना, रसुवामा ७७ जना, नुवाकोटमा ५ सय ३१ जना, धादिङमा ६ सय ६४ जना, चितवनमा ८ सय २४ जना, सिंधुलीमा ५ सय ४६ जना, रामेछापमा १ सय ८६ जना, दोलखामा ३ सय ७१ जना, काभ्रेमा ५ सय ५ जना, सिन्धुपाल्चोकमा ५ सय ९७ जनार्मा यापिड टेष्ट गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here