निजगढ,बाराका आठ विद्यालयले नतिजामा आधारित प्रोत्साहन पुरस्कार पाएका छन् । सामुदायिक विद्यालयको उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट सिकाइ उपलब्धिको आधारमा जीतपुरसिमराको नेपाल राष्ट्रिय नमुना मावि सिमरा, फकिरा गिरी राजेश्वर गिरी मावि जीतपुर, जनता मावि रजघट्टा, कलैया उपमहानगरपालिकाको पन्नादेवी कन्या मावि र नेरामावि कलैया मदरसा, सिद्धेश्वर संस्कृत मावि भवानीपुर कलैया, निजगढ नगरपालिका ८ को गौरीशंकर मावि र सुवर्ण गाउँपालिकाको नेरामावि कवही जगतले प्रोत्साहन पुरस्कार पाएका हुन । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) सानोठिमी, भक्तपुरबाट इआरओले मूल्यांकन गरेको विद्यालय कार्य सम्पादन परीक्षणको आधारमा छनौट भएको ती विद्यालयहरुले ५ लाख रुपैया प्रोत्साहन रकम पाउनेछन ।मन्त्रालयले देशभरिका निर्वाचन क्षेत्रहरुबाट उत्कृष्ट सामुदायिक विद्यालयहरुको छनौट गरी प्रोत्साहन अनुदान उपलब्ध गराउदै आएको छ ।

















