मुलुुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालय चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको छ । देशभर करको अवस्था उत्साहजनक रहेको कुरा सरकारले बताए पनि वीरगञ्ज भन्सारले भने संतोषजनक संदेश दिन सकेको छैन ।यही अनुपातमा त वीरगञ्ज भन्सार कार्यालयले अबको ६ महिना वा यो आर्थिक बर्षको अन्त्यसम्ममा पनि लक्ष्य अनुसारको राजश्व संकलन गर्ला भन्नेमा आशंका छ । यद्यपि उसले प्रयास गरेको खण्डमा र देशको आर्थिक अवस्था सुधार भएको खण्डमा भने राजश्वको लक्ष्य भेट्टाउन पनि सक्नेछ ।तर देशको आर्थिक अवस्था भने ठीक छैन । प्रधानमन्त्रीले अहिले देशको आर्थिक अवस्था सुधारोन्मुख भएको दाबी गरेपनि स्थित प्रधानमन्त्रीले भने जस्तो देखिदैन । बरु राजश्व संकलनको अवस्था खुम्चिएको छ भने सरकार करको दायरा बढाउनतर्फ मात्रै लागि रहेको छ । पाँच प्रतिशत सेवा बापत कर लिने गरेको सरकारले अहिले एक प्रतिशत बढाएको छ । यसले त नागरिकहरु यसैपनि मारमा परेका छन् ।नागरिकहरुले कर तिर्नुपर्छ यसमा संझौता भएन तर सरकार पनि त नागरिकमैत्री बन्नुपर्दछ नि । सरकारले केवल नागरिकहरुसंग कर मात्रै उठाउने सोच राख्छ भने त्योभन्दा गलत केही पनि होइन तर नेपालको सन्दर्भमा बढी यही भएको छ ।कर लिएबापत ज्येष्ठ नागरिकहरुलाई सरकारले भत्ता दिएको छु त भन्छ तर त्यो पनि प्रभावकारी हुन सकेको छैन । त्यसैले सरकारले करको दायरा बढाएर मात्रै देशको आर्थिक अवस्थामा सुधार आउदैन । बरु राजश्वको दायरा बढाएर र करको दायरा घटाउन सकियो भने सरकारसंगै नागरिकले पनि लाभ प्राप्त गर्नेछन ।
















