प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले हिजो महोत्तरीको बर्दिवासमा भएको एक कार्यक्रममा सरकारी कार्यालयमा हुने अनियमितामा कर्मचारीको हात हुने बताए । उनले स्थानीय तहको संस्थागत स्वमूल्याङ्कन सम्बन्धी समीक्षा र अनुशिक्षण कार्यक्रममा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको भेलामा बोल्दै यस्तो कुरा बताएका हुन । मुख्यमन्त्री राउतले स्थानीय तहमा हुने भ्रष्टाचारमा कर्मचारीको मुख्य हात हुने बताएपछि अहिले यसबारेमा चर्चापरिचर्चा शुरु भएको छ ।

कुनै बेला नेपालको स्थानीय तहको सरकारको जिम्मा कर्मचारीको हातमा थियो । उनीहरुले एकछत्र राज गरेका थिए यो अर्थमा पनि कर्मचारीले समस्या सृजना गरेको कुरा गर्नु जायज हुन्थ्यो होला तर आज समय फेरिएको छ । आज मुलुक संघीय संरचनामा गएको छ र संघीयतामा गएपछि अहिले मुलुकमा तीन तहका सरकार छन् । उनीहरुले आफ्नो मनमौजीले काम गरिरहेका छन् ।

तर उनीहरुले गरिरहेको काममा समेत कर्मचारीहरुले साथ नदिएको गुनासो बढ्दै गएको छ । वास्तवमा कर्मचारी तन्त्रले साथ नदिएको कुरा सत्य पनि हुन सक्छ तर यसो भन्दैमा जनप्रतिनिधिहरुको कुनै भूमिका छैन भन्ने कुरा आफैमा विवादित कुरा हो । जनप्रतिनिधिहरुले जनताको कुरा कति संवोधन गरेका छन् भन्ने कुरा पनि धेरै महत्वपूर्ण हुन्छ ।

अहिले ठाउँ ठाउँमा जनप्रतिनिधिहरु कुटिएको खबर आएका छन् । यसो हुनु भनेको जनप्रतिनिधिमाथि जनताको भरोसा टुट्दै गएको प्रमाण पनि हो । त्यसैले पनि जनप्रतिनिधि वा प्रदेश नम्बर २ का मुख्यमन्त्रीले भने जसरी कर्मचारीले सहयोग गरेपनि दोष आफैमा पनि छ यो बिषयमा पनि एक समीक्षा गर्ने कि मुख्यमन्त्री ज्यू ?

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here