नेपालमा करिब दश वर्षसम्म सशस्त्र संघर्ष भयो । जसले देशलाई ठूलो माननीय र भौतिक क्षति भयो । नौलो जनवाद भन्दै २०५२ साल फागुन १ गतेबाट माओवादीले यो संघर्षको सुरुवात गरेको थियो र जसको नेतृत्व हालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए । प्रचण्ड र डा. बावुराम भट्टराई यो युद्धको मुख्य पात्रको रुपमा लिइन्छ । प्रचण्ड र बावुरामका विरुद्धमा यसअघि पनि युद्ध अपराधको मुद्दा पर्ने गरेको थियो तर खासै सुनुवाइ भएको थिएन ।केही दिन अघिमात्रै फेरि पूर्वमाओवादीका लडाकुले नै प्रचण्ड र बावुरामका बिरुद्धमा फेरि मुद्दा दर्ता गराएका छन् । सर्बोच्चमा परेको मुद्दामा प्रारम्भिक बहस भइ किन बालकलाई सैनिक बनाइयो भनेर जवाफ मागिएको छ । मुद्दा दर्ता गर्ने व्यक्ति लेलिन बिष्ट एक प्रतिनिधि पात्र मात्रै हुन् यस्ता घटना हिजो युद्धका’े समयमा धेरै भएको छ । यो हिसावले प्रचण्ड र बावुराम दोषि हुन् ।तर, यो देशमा यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कथित राजनीतिको आवरणमा उन्मुक्ति दिँदै आइरहेको छ । प्रचण्डलाई कारबाही गरे, देउवा पनि पर्ने, देउवा परे, ओली अनि नयाँ दल बाहेकका सबै नेता पर्ने भएकाले यो संभव छैन । तर, कानुनी राज्यका लागि र भोलि कसैले पनि फेरि कथित राजनीतिको आवरणमा अपराध नगरोस् भन्नका लागि भने एक दिन भएपनि प्रचण्ड र बावुरामलाई थुन्नु चैं पर्दछ ।

Leave a Reply