कात्तिकमा वर्षा भएपछि कृषकहरुलाई सराप परे जस्तो भएको छ । असोजको अन्तिम साताबाट शुरु भएको झरी कात्तिक महिना लागेपछि पनि जारी रहेको थियो । अझैपनि झरीको माहौल अन्त्य भइ नसकेको मौशमविद्हरुले बताएका छन् । त्यसैले पनि अझै कृषकहरुको पीडा सकिएको अनुमान गर्न सकिने अवस्था छैन ।

बारा र पर्सा सहितका देशभरका कृषकहरु मारमा परेका छन् । यसको कारण भनेको झरी नै हो । असार साउनतिर लगाइको धानबाली अहिले भित्र्याउने गरिन्छ । बारा र पर्साका कृषकहरुले पनि धान बाली भित्र्याउने तयारी गरेका थिए । तर पानीले भित्र्याउने बेला भएको धान भिजाइ दिएको छ । जसका कारण उत्पादन पनि घट्ने देखिएको छ ।

धान नेपाली किसानहरुको मुख्य खाद्यान्न बाली पनि हो । किसानहरुले अहिले भित्र्याएको धान भण्डारण गरेर वर्षभरीको खानेकुराको जोहो र बढी भएको धान बेचेर घर खर्च चलाउने गर्दै आएका छन । यसपटक बेलैमा पानी परेका कारण धानको उत्पादनमा बढोत्तरी आउने किसानहरुको आश थियो । उत्पादन वृद्धि हुँदा किसानलाई खाद्यान्न र नगद संचयमा पनि राहत पुग्ने हुन्थ्यो । तर वर्षाले त्यहि धानबालीमा ठूलो क्षेति पुर्याएपछि कृषकहरुको सपना चकनाचुर भएको छ । यसले कृषकहरुको मनलाई बिचलित बनाइ दिएको छ भने कृषिमा आश्रित नेपालीहरु मारमा पर्ने देखिएको छ । मुख्य खाद्यान्न बालीमा क्षेति पुगेपछि आगामी दिनमा अन्नको अभाव र भोकमरीको अवस्था उत्पन्न हुनसक्ने खतरा पनि छ । त्यसैले झरीबाट पीडितहरुका लागि सरकारले राहत कार्यक्रम ल्याउन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here