वीरगञ्ज,पर्सा प्रहरीले वीरगञ्जबाट साढे १९ किलो लागू औषध चरेस बरामद गरेको छ ।प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ गणेश टोलबाट १९ किलो ५ सय ग्राम चरेस बरामद गरेको हो । विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज– १६ गणेश टोलको भित्री सडकबाट १३ वटा प्याकेटमा रहेको उक्त चरेस बरामद गरेको प्रहरी निरीक्षक निरोज चौलागाईले बताउनुभयो ।
प्रहरीका अनुसार विशेष सुचना पाएर वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोली गणेश टोलमा पुग्दा नम्बर खुल्न नसकेको मोटरसाइकलमा बोरामा चरेस लिएर जाँदै गरेका उक्त मोटरसाइकलका चालक चरेस रहेको बोरा फ्याँकेर फरार भएका थिए ।बरामद चरेस प्रहरी कार्यलयमा राखिएको र तस्करको खोजी भइरहेको प्रहरी निरीक्षक चौलागाईले बताउनुभयो ।