बरियारपुर,ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक कार्यालय बाराको आयोजनामा मंगलबार निजगढको पूर्वपश्चिम लोकमार्गस्थित शहिद चोकमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

सो अवसरमा जिल्ला ट्राफिक कार्यालयका प्रहरी, इलाका प्रहरी कार्यालय निजगढ र सशत्र बेस सुरक्षा निजगढका सुरक्षाकर्मीको टोलीले सर्वसाधारणलाई ट्राफिक सचेतना बढाउने उद्देश्यले तयार पारिएका पर्चा, पम्प्लेट वितरण गरिनुको साथै माइकिङ्क पनि गरिएको थियो ।

त्यसैगरी ट्राफिक सप्ताहाको अवसरमा ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा सचेतना कार्यक्रम आयोजना गरेको छ । जिल्लाको कलैया, जीतपुर र पचरौता नगरपालिकाको लङ्गडीमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको जिल्ला ट्राफिक बाराका प्रमुख प्रहरी निरीक्षक विपिन ओझले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय भद्र–भलादमी, जनप्रतिनिधि, पत्रकार र चालक सहचालकहरुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here