बिदुर खडका
डुमरवाना,जाडो याममा किसानले उत्पादन गरेको दुधले पर्याप्त बजार नपाउँदा जीतपुरसिमरास्थित डुमरवानाका दुध उत्पादक किसानहरु मार्कामा परेकाछन ।पशुपालन व्यवसायमा लागेका किसानहरुले उत्पादन गरेको दुध स्थानीय व्यापारी र विभिन्न कम्पनीहरुले खरिद नगरेपछि दुघ बिक्री नभएर किसान मार्कामा परेका हुन ।

ऋण काडेर व्यवसायमा लगानी गरेपनि खरिदकर्ता व्यापारीहरुले दुध खरिद नगर्ने र खरिद गरेको दुधको समयमै भुक्तानीसमेत नदिने गरेकाले किसानहरुले समस्या बेहोर्नु परेको किसानहरुको दुखेसो छ ।जाडो याममा दुधको खपत कम हुने र दुधलाई पाउडर बनाएर स्टक राख्न नसक्दा उत्पादन खेर जाने अवस्था आएको डुमरवाना डेरीका अध्यक्ष होमनाथ पण्डितको भनाई छ ।गर्मी सिजनमा दुधको माग ज्यादा हुने र उत्पादन कम हुने भएकाले यसको समन्वय गर्नेतर्फ संम्बन्धित निकायले ध्यान दिएको खण्डमा समस्या नहुने पण्डितले बताउनुभएको छ ।

यता औराह पशुपालक सहकारी संस्थाका सचिव बिनोद सापकोटा भने किसानले उत्पादन गरेको दुधको परिकारहरु स्थानीय सामुदायिक विद्यालयका बालबालिकाहरुलाई दिउँसोको खाजामा अनिवार्य रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउन सकिए किसानले राहत पाउने बताउनुभएको छ ।

Leave a Reply