निजगढ,विद्यासागर माध्यमिक अङ्ग्रेजी बोर्डिङ स्कुल निजगढ नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।बुधवार सम्पन्न खेलमा आयोजक निजगढ फुटबल क्लबलाई २÷१ गोल अन्तरले पराजित गर्दै विद्यासागर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।खेलको १९ औं मिनेटमा कप्तान रोशन लामाले फ्रिकिकमार्फत गोल गर्दै बिद्यासागरलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको ३५ औं मिनेटमा आरुस थापाले गोल गर्दै बिद्यासागरको अग्रता दोब्बर बनाए ।निजगढ फुटबल क्लबका कप्तान अङ्कित चौधरीलेले ३९ औ मिनेटमा प्राप्त पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि थप गोल हुन नसक्दा खेल २÷१ गोल अन्तरले बिद्यासागरले जित्यो । खेलको म्यान अफ द म्याच बिद्यासागरका आरुस थापा घोषित भए ।प्रतियोगिता अन्तर्गत बिहिवार हुने क्वार्टरफाइनलमा श्री गौरीशंकर माध्यमिक विद्यालय सहिद चोक ए र श्री गौरीशंकर माध्यमिक विद्यालय सडकटोलबीच प्रतिस्पर्धा हुनेछ ।निजगढ फुटबल क्लबद्वारा आयोजित प्रतियोगितामा निजगढ नगरपालिका भित्रका १० वटा विद्यालयका १२ वटा टिमको सहभागिता रहेकोछ ।




















