वीरगञ्ज । प्रहरीले पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाको देवरिया गाउँबाट ठूलो परिमाणमा लागूऔषध चरेस र गाँजा बरामद गरेको छ ।पटेर्वासुगौली– ५ देवरियाबाट मंगलवार बिहान प्रहरीले २० किलोग्राम चरेस र १२ किलोग्राम गाँजा बरामद गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरी चौकी रङ्गपुरटाँडीबाट प्रहरी सहायक निरीक्षक मोहन नारायण यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंगलवार बिहान ३ बजेको समयमा देवरियाबमट चरेस र गाँजा बरामद गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।तस्करहरु भने प्रहरीको टोलीलाई देख्नेबित्तिकै चरेस र गाजाँको पोका फ्याँकेर फरार भएकाले उनिहरुलाई पक्राउ गर्न नसकिएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।

Leave a Reply