पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका उद्यम विकास शाखाद्वारा सञ्चालित ३२ दिने एडभान्स गार्मेन्ट फब्रिकेटर तालिम मंगलवार सम्पन्न भएको छ ।पमहानगरपालिका वडा नम्बर ५ को बकुलियमा रहेको साझा सुविधा केन्द्र (उद्यम घर) मा तालिम समापन गरिएको हो ।तालिम समापन कार्यक्रममा नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।गरिवी निवारणका लागि लघुउद्यम विकस कार्यक्रम (मेड्पा) सञ्चालन निर्देशिका, २०७७ बमोजिम मेडमोडेल अनुसार जीतपरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का १३ जना महिला लघुउद्यमीहरुको स्तरोन्नति गर्ने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।आर्थिक वर्ष २०७८÷०७९ मा मेड्पाबाट सेवा लिई विभिन्न गार्मेन्ट उद्योगहरुसँग समन्वय गरी घरमै बसेर सिलाइ सम्बन्धि काम गर्दै आएकाहरुलाई लक्षित गरी तालिम कार्यक्रमको आयोजना गरिएको थियो ।तालिम समापनका अवसरमा तालिम लिएका लघुउद्यमीहरुको रोजगारी सुनिश्चिताको लागि जीतपुरसिमरा वडा नम्बर ७ मा रहेको एच एण्ड ए गार्मेन्ट उद्योगसँग सम्झौता समेत भएको छ । पहिलो चरमामा ३ सय ५० सेट कुर्ता सुरुवाल र २ सय ५० पिस सर्ट पाईन्ट पोशाक तयारीको जिम्मा उद्यमीहरुलाई गार्मेन्टले दिनेगरी दुई पक्षबीच लिखित समझौता भएको बताइएको छ ।तालिम समापन कार्यक्रममा नगर प्रमुख पौडेल, उपप्रमुख अधिकारी, एच एण्ड ए गार्मेन्टका सञ्चालक हारुण अंसारी, उद्यम विकास समितिका सदस्य रिता कंडेल, उद्यम विकास अनुगमन उपसमितिकी सदस्य शान्ताकुमारी बजगाई र वडा सदस्य ईश्वर चौधरी, ईन्दल पासवान लगायतको सहभागिता थियो ।कार्यक्रम वडा अध्यक्ष दिपेन्द्रप्रसाद चौधरी अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply