सेढवा,पर्सा राष्ट्रिय निकुन्जबाट वस्तीमा प्रवेश गरेको हरिणलाई गाउँलेहरुले नियन्त्रणमा लिएर गाउँपालिकाको कार्यालयमा बुझाएका छन् ।पर्साको जिराभवानी गाउँपालिका वडा नं. २ सेढवा प्रवेश गरेका दुईवटा हरिणमध्ये स्थानीयले एउटालाई नियन्त्रणमा लिएका थिए ।वस्ती प्रवेश गरेका हरिण देखेपछि गाउँलेले पालेको कुकुरले लखेटेको र सोही क्रममा एउटा हरिणलाई स्थानीयले नियन्त्रणमा लिएर गाउँपालिकाको कार्यालयमा बुझाएका हुन् । अर्को हरिण भने कुकरले लखेटेपछि .गाउँभन्दा पूर्वतर्फ भागेको स्थानीय बासिन्दाको भनाइ छ । नियन्त्रणमा लिएको हरिणलाई हाल गाउँपालिका कार्यालयमा राखिएको र डिभिजन वन कार्यालयका कर्मचरीको जिम्मा लगाउने तयारी भईरहेको जनाइएको छ ।

Leave a Reply