बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर २ स्तरीय नेपाल तामाङ घेदुङको प्रथम वडा भेला बिहीवार सिंगौलमा सम्पन्न भएको छ ।भेलाले चक्रबहादुर लोको अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा निरमाया तामाङ, झलकलाल तामाङ, सचिव जमुना माया थिंङ, सहसचिव विजय तामाङ, कोषाध्यक्ष सन्च माया वाइवा र सदस्यहरुमा श्यामबहादुर घिसिङ, फुलमाया लोप्चन, सानु माया गोले, पद्मबहादुर घिसिङ, जिरी माया स्याङतान सर्वसम्मत रुपमा चुनिनुभएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष एवंम निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानले नेपाल तामाङ घेदुङ कुनै पार्टी विशेषको भातृ सगठन नभएको बताउनुभयो । उहाँले तामाङ जातिको हकहित र सरक्षणको लागि संगठन क्रियाशील रहेकोले यसमा सबै तामाङ समुदाय एकतावद्ध हुनु पर्नेमा जोड दिनुभएको थियो ।नेपाल तामाङ घेदुङ नगर अध्यक्ष शंकर थोकरको अध्यक्षतामा वडा नम्बर २ को सभाहलमा भएको भेलामा कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष पुष्कर खडका रहनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन, कार्यपालिका सदस्य फुल माया घलान, सञ्चारकर्मी उमेश घलान, स्थानीय समाजसेवी संजीव लोप्चन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष पुष्कर खडकाले तामाङ समुदायको हकहितको लागि वडा कार्यालयबाट हुनसक्ने सबै सहयोग गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।कार्यक्रमको संचालन नेपाल तामाङ घेदुङ निजगढ नगर कमिटीका सचिव कुमार मोक्तानले गर्नु भएको थियो ।


















