वीरगंज, २५ साउन– सानोपाइला नेपालले नेपाल भेन्टिलेटर सर्भिस (गैर नाफामुलम कम्पनी) सँगको सहकार्यमा वीरगंजको नारायणी अस्पतालमा कोरोना बिरामीको उपचारमा प्रयोग हुने भेन्टिलेटर उपलब्ध गराउर्ने भएको छ ।

सानोपाइलाले अस्पताललाई ६ थान भेन्टिलेटर (इनभेसिबरन ) उपलब्ध गराउने अन्तिम संझौता पत्रमा शनिबार काठमाडौंमा दुई संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेको सानोपाइलाले जारी गरेको प्रेस रिलिजमा जनाइएको छ । प्रेस रिलिजमा जनाइएअनुसार सम्झौता पत्रमा सानोपाइलाका सभापति सुदीपकुमार लामा र नेपाल भेन्टिलेटर सर्भिसका सह–संस्थापक डा. विशाल ढकालले हस्ताक्षर गर्नु भएको छ । ‘वीरगंजमा कोरोना संक्रमणको हालको अवस्था हेरेर तीन महिनाका लागि भेन्टिलेटरहरु उपलब्ध गराएका छौं, आवश्यक परे थप समय सेवा दिन पनि सकिन्छ ।’ रिलिजमा भनिएको छ ।

सानोपाइला गभर्निङ बोर्डका सदस्य डा. राकेशकुमार झाले भन्नु भएको भन्दै प्रेस रिलिजमा भनिएको छ– ‘लकडाउन अन्त्य भएसँगै दिनचर्या विस्तारै सामान्योन्मुख हुने सर्वसाधारणको अपेक्षा विपरीतको अवस्था देशमा आइपरेको छ । पछिल्ला दिनहरूमा कोभिड(१९ (कोरोना भाइरस) ंक्रमणको प्रकृति र गति गम्भीर चिन्तामा पार्ने खालका छन् ।

लक्षणयुक्त कोरोनाका विरामीको संख्या बढ्दै जाँदा उनीहरूको उचित उपचारको प्रबन्ध अर्को चिन्ताको विषय छ । लक्षण देखिएका र दीर्घरोगी (पहिलेदेखि नै विरामी रहेका) का लागि कुनै पनि बेला भेन्टिलेटर जडित आईसीयूमा राखेर उपचार गर्नु पर्ने हुनसक्छ ।’

संस्थाले कोरोना महामारी फैलिएका थुप्रै विकसित देशहरूमासमेत संक्रमितहरूको उपचार गर्न भेन्टिलेटरको अभाव भएको अवस्था सबैलाई विधितै छ । उसले भनेको छ , यस्तो अवस्थामा नेपालमा भेन्टिलेटरको हालको उपलब्धतालाई हेर्दा निश्चिन्त हुने स्थिति छैन ।’ पनि भनेको छ । सानोपाइलाले स्वास्थ्य सम्बद्धहरूको भनाइ उद्धित गर्दै नेपालमा करिब १६० वटामात्र भेन्टिलेटर सुविधायुक्त उपचार कक्ष रहेको बताएको छ ।

त्यसमा पनि तुलनात्मकरूपमा हेर्दा प्रदेश २ को अवस्था झनै कमजोर रहेको उसले बताएको छ । संस्थाले स्वास्थ्य मन्त्रालयले गरेको वर्गीकरणअनुसार प्रदेश २ का लेभल १ का अस्पतालमा ५ र लेभल २ का अस्पतालमा ५ गरी जम्मा १० भेन्टिलेटर मात्र रहेको जनाएको छ । ‘भेन्टिलेटरको सिमितता अनि कोरोना फैलावटको गति हेर्दा कुनै पनि बेला यो प्रदेशमा भेन्टिलेटरको अभाव हुन सक्ने अवस्था देखिन्छ ।’ भनेको छ ।

उसले नारायणी अस्पतालमा भेन्टिलेटर राख्ने सहमतिपछि उपकरण अभावको अन्त्य भएर समुदाय र संस्थाको चाहना पनि साकार भएको बताएको छ ।

समुदायको आवश्यकता र संस्थाप्रति देखाइएको विश्वासका कारण नारायणी अस्पतालमा थप भेन्टिलेटरहरु जडान गरेर सेवारम्भ गर्न पाउदा सस्थाले समग्र मनकारी व्यक्ति तथा संस्थाहरूलाई हृदय देखिनै आभार पनि व्यक्त गरेको छ ।
सहायता नेपाल र बुढानिलकण्ठ पूर्वविद्यार्थी समाजको आर्थिक सहयोगमा अस्पताललाई भेन्टिलेटर सेवा उपलब्ध गराउन लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here