अनिल तिवारी
बारा – ईलाका प्रहरी कार्यालय सिमरामा आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा घरेलु हिसां विरुधको निवेदन गर्दा गर्नेको संख्यामा बृद्धि भएको छ । प्रहरीले सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्रगत संचालन गरेको अभियानको प्रतिफल स्वरुप घरेलु हिसां दर्ताको संख्यामा बृद्धि भएको हो । ईलाका प्रहरी कार्यालय सिमराले अभियान अन्तरगत सामुदायीक प्रहरी साझेदारी कार्यक्रम संचालन गरेसंगै यहाँ घरेलु हिसां सम्बन्धि निवेदन दर्ता हुनेको संख्यामा बृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा ५ महिना भित्र १० ओटा भन्दा बढि घरेलु हिसांको घटना दर्ता भएको छ ।

 

 

 

 

 

आफ्नो कार्य क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रका विद्यालय र विभिन्न सहकारीहरुमा प्रहरीले जनचेतना जगाउन सामुदायीक प्रहरी साझेदारी कार्यक्रम संचालन गरेको र त्यसको प्रभाव स्वरुप हिसांमा परेका महिलाहरु खुलेर प्रहरीमा निवेदन दर्ता गराउन थालेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

 

 

 

 

उहाँले सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानिय जनप्रतिनिधी समेत रहने गरी सबै पालिकाको वडा स्तरमा समिति बनाएर अगाडी बढेकोले हरेक वडाका समस्या प्रहरीमा आउन थालेको जानकारी दिनुभयो । यस आर्थिक वर्षको ५ महिनामा ईलाका प्रहरी कार्यालय सिमरामा ४७ ओटा घरेलु हिसांका घटना दर्ता भएको पाईएको छ । जसमध्ये २८ ओटालाई मिलापत्र गरेर पठाइएको १० जना विरुध कानुन बमोजीक कारवाहि गरीएको र ९ ओटा निवेदन माथि छलफल गर्न बाकिं रहेको महिला सेलकी प्रमुख प्रहरी सहायक निरिक्षक सुभद्रा लामाले जानकारी दिनुभयो ।

 

 

 

 

घरेलु हिसां विरुध आएका निवेदन अन्तरगत श्रीमान श्रीमतीसंग सम्बन्धित निवेदन अधिक आउने गरेको पाइएको छ । जाँड रक्सि खाने सान्तानकै अगाडी कुटपीट गालीगलौज गर्ने जस्त निवेदनलाई सहमतीको आधारमा मिलाउने गरीएको भएपनि अन्य प्रबृतिका घटनालाई कानुन अनुसार कारवाहि गरीएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here