नरेश गुप्ता
बरियारपुर,महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवले विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्न आफ्नो गाउँ छोडेर अन्यत्र जानु पर्ने अवस्था अन्त्य भएको बताउनुभएको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ स्थित श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ को पठनपाठन शुभारम्भ गर्दै नगर प्रमुख यादवले ग्रामीण भेगका विद्यार्थीहरुलाई स्थानीय तहमै उच्च शिक्षाको व्यवस्था गरिएको बताउनुभयो ।
महागढीमाई नगरभित्रका छात्रछात्राहरुकोलागि शिक्षा प्राप्त गर्न सहज होस भनेर नगरपालिकाले उच्च शिक्षाको कक्षा संचालन गरिएको बताउदै उहाँले विद्यार्थीहरुलाई साइकल वितरण समेत गरिएको बताउनुभयो । उच्च शिक्षाको लागि नगरपालिकाभित्र गढीमाई बहुमुखी क्याम्पस र श्रीगढीमाई नमुना प्राविधिक विद्यालय स्थापना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै महागढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय कुशवाहाले विद्यालय स्थापनासंगै नगरपालिकाले शिक्षाको गुणस्तर र भौतिक पूर्वाधार सुधारमा पनि ध्यान दिएको बताउनुभयो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआईनका प्रधानाध्यापक सुरेश सिहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल शिक्षक युनियन बाराका अध्यक्ष प्रमहंश यादव, वडा अध्यक्ष रामजी चौरसिया, गढीमाई नगरपालिका नगर शिक्षा शाखा संयोजक रामबिशवास चौरसियालगायत विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।



















