रौतहट

रौतहटको गरुडा नगरपालिका अब फ्री वाई–फाई जोन हुने भएको छ । वर्ल्ड–लिंकको सहकार्यमा नगरभरी वाई–फाई जडान हुन लागेको हो । नगरपालिका भित्रको हरेक वार्डमा वाईफाई लगाईने नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले बताए ।

‘सामान्य नगरबासीलाई पनि इन्टरनेटको पहुंचमा पु¥याउने हाम्रो लक्ष्य हो’, नगर प्रमुख जयसवालले भने, ‘इन्टरनेटको प्रयोगबाट हरेक वर्ग लाभान्वित हुने आशा छ ।’

गरुडा नगरपालिका वडा न. ६ पोठियाहीमा यसको उद्घाटन गरी जडान कार्यको सुरुवात गरिएको छ
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जयसवालले आफनो चुनावी घोषणा पत्रमा भने अनुसार गरुडा नगरपालिकालाई फ्री वाईफाई जोन बनाउन लागेको जानकारी दिए । उनले अहिलेको प्रबिधिको युगमा नभइ नहुने ईन्टरनेट सेवा सबैलाई सहज होस भनेर गरुडाको विभिन्न स्थानमा फ्री वाईफाई सेवा जडान गरिन लागेको बताए।

विज्ञान र प्रविधिको युगमा इन्टरनेट अपरिहार्य रहेकोले नगरपालिकाबाट प्रवाह हुने सेवासुविधालाई समेत प्रविधिमैत्री बनाउदै लैजाने समेत उनले बताए ।

नगरपालिकाले सुरुवात गरेको यो कार्यले नगरबासीको जीवन सहज र परिणाममुखी बनाउने विश्वास उनले व्यक्त गरे । विशेषत यसले विद्यार्थी र बालबालिका बढी लाभान्वित हुने मेयर जयसवालको बिश्वाश छ ।

 

Leave a Reply