कलैया,बाराको पचरौतास्थित एक ईटा उद्योगमा अलपत्र परेका ३ दर्जनभन्दा बढी भारतीय नागरिकको उद्धार गरिएको छ ।
पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीस्थित साफा ईट्टा उद्योगमा अलपत्र परेका ३४ जना भारतीय नागरिकको बारा प्रहरीले उद्धार गरेर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको हो ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक जयकिशन साह कानु, सशस्त्र प्रहरीसहितको टोलीले उद्धार गरिएका भारतीय नागरिकहरुको भारतीय सुरक्षाकर्मीलाई जिम्मा लगाएको हो ।उक्त उद्योगमा ज्यालादारीमा काम गरेर बस्दैआएका १० जना महिला, ९ जना पुरुष र १५ जना बालबालिका गरी ३४ जनालाई भारतीय एसएसबी सुरक्षाकर्मीको जिम्मा लगाइएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply