सिमरा,वन सुरक्षाकर्मीको टोलीले बाराको जीतपुुरसिमरा उपमहानगरपालिकाको टाँगियाबस्तीबाट ६४ क्युुफिट सालको काठ बरामद गरेको छ ।
टाँगियाबस्ती नजिक जंगलको झाँडीमा लुुकाएर राखिएको अवस्थामा १० वटा सालको गोलिया तामागढी सब डिभिजन वन कार्यालयबाट गएको टोलीले बरामद गरेको हो । सब डिभिजन वन कार्यालका सहायक वन अधिकृत हरिशंकर साहका अनुसार फुुटबल ग्राउन्ड निर्माण गर्ने क्रममा काटिएका सालको गोलिया तस्करहरुले लुुकाएर राखेको हुुन सक्ने अनुमान छ । बरामद गरिएको काठको गोलियालाई तामागढी सब डिभिजन वन कार्यालयमा राखिएको सहायक वन अधिकृत साहले बताउनुभयो ।