निजगढ,नेपाल विद्युत प्राधिकरण उपवितरण शाखाले समयमै विद्युत महशुल भुक्तानी नगर्ने ग्राहकहरुको बिजुली मिटरको लाइन काटने अभियान शुरु गरेको छ ।प्राधिकरणले ५ महीनादेखि महशुल भुक्तानी नगर्ने ग्राहकको लाइन काटन थालिएको निजगढ उपशाखा प्रमुख नरेन्द्र मण्डलले जानकारी दिनुभयो । ‘निमयअनुसार २ महीनाको भुक्तानी बाँकी हुने ग्राहकको लाइन काटिनुपर्ने हो, उपशाखा प्रमुख मण्डलले भन्नुभयो, तर व्यवहारिकतालाई हेरेर ५ महीना पुगेकाहरुको मात्रै लाइन काटन थालिएको हो ।’

प्रमुख मण्डलले वितरण केन्द्र अन्तर्गतका २५० जनाभन्दा बढी उपभोक्ताहरुबाट १ करोड १ लाख ६६ हजार बक्यौता महशुल असुली गर्न बाँकी रहेको जानकारी पनि दिनुभयो । उहाँले विद्यालय, सिँचाइ समिति, उद्योग र सर्वसाधारणको घरमा जडान गरिएको विद्युत मिटरको बिल रकम भुक्तानी हुन बाँकी रहेको पनि बताउनुभयो ।

Leave a Reply