पुष्पराज खतिवडा

मनहर्वा,प्रहरीले सडकमा पल्टिएको एउटा ट्रकबाट १०५ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।मंगलवार बिहान ७ बजे ना.१.क.३२०५ नम्बरको ट्रकमा लागूऔषध गाँजा बोकेर ल्याउँदै गरेको सूचना पाएको प्रहरीले खोजतलासका क्रममा सो ट्रक जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित चुरियामाई मन्दिर नजिक सडक छेउमा पल्टिएको अवस्थामा फेला पारेको थियो ।मन्दिर नजिक सडकको नालामा पल्टिएको अवस्थामा फेला परेको ट्रकमा कोही पनि मानिस फेला नपारिएको र चेकजाँच गर्दा सामान लोड गर्ने पछाडिको भागमा फल्स डब्बाभित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई राखेको लागूऔषध गाँजा बरामद प्रहरीले बताएको छ ।बरामद लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास कार्य भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रुपेश साहले जानकारी दिनुभयो ।

Leave a Reply