पुष्पराज खतिवडा

मनहर्वा,विश्व वातावरण दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को पिलुवास्थित पिसपार्कमा वृक्षारोपण गरिएको छ । ब्रह्माकुमारी राजयोगद्वारा सन्चालित शान्ति बाटीका परिसरमा सोमवार बिहान विशेष कार्यक्रमको आयोजना गरी बेल, सरिफा, निम, कल्की, रक्तचन्दन, श्रीखण्ड, बकाईनो लगायत विभिन्न प्रजातिका २ सय थान बिरुवा रोपिएको हो ।ब्रह्मकुमारी पर्यटन तथा यातायात सेवा प्रभाग नेपालले आयोजना गरेको कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले बर, पिपल तथा समीको बिरुवामा पानी हालेर उद्धाटन गर्नुभएको हो ।कार्यक्रमका प्रमुख अतिथि अधिकारीले स्वस्थ्य वातावरणका लागि बोटबिरुवा रोप्नु र जोगाउनु पर्ने बताउनुभयो । बोटबिरुवा र वन जंगलको संरक्षण भएमात्रै समग्र प्राणीजगत सुरक्षित हुने हुँदा विक्षरोपण आफैंमा पुण्यको काम भएको उहाँले बताउनुभयो ।पछिल्लो समय देखिएको जलवायु परिर्वतनका कारण प्राणीजगत संकटमा पर्न थालेको छ । शक्ति राष्ट्रहरुले बनाएका बम, गोला बारुद प्रयोगको होडबाजीले प्रकृतिलाई चुनौति थपेकाले यस्ता वस्तुको असर कम गर्न बोटविरुवाले मात्रै सक्छ उपप्रमुख अधिकारीले भन्नुभयो ।कार्यक्रममा ब्रह्माकुमारी राजयोग क्षेत्रीय कार्यालय वीरगञ्जकी प्रमुख राजयोगिनी रविना मल्ल, डुमरवाना बहुमखी क्याम्पसका अध्यक्ष अनिलकुमार मैनाली क्याम्पस प्रमुख राधेश्याम शिवाकोटी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का अध्यक्ष हरिदेव खरेल, १५ का अध्यक्ष रामप्रसाद लामिछाने, वडा नं. १७ का अध्यक्ष भिम लामा, १८ का अध्यक्ष चतुरबाबु वाग्ले लगायत स्थानीय समाजसेवी, पत्रकार, प्रहरी र सशस्त्र प्रहरीका जवानहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।कार्यक्रम राजयोगी गुणराज लामिछानेको संयोजन, कुमारी बालसुन्दरीको स्वागत र राजयोगी प्रमेश्वर श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply