कृपा संवाददाता
हेटौंडा , ८ मंसिर । प्रदेश नम्बर–३ सरकारले मन्त्रिपरिषद् वैठकका निर्णयहरु गुपचुप राख्ने गरिएको छ । सार्वजनिक सरोकारका कयौ निर्णय गरेपनि प्रदेश सरकारले आफ्ना निर्णयहरु आम नागरिकलाई सार्वजनिक गर्नुको सट्टा गुपचुप ढंगले राख्ने गरेको हो । प्रदेश सरकारको वैठक लगतै आफुले गरेका निर्णय सार्वजनिक गर्नुपर्छ । सघीय सरकार र अरु ६ वटा प्रदेश सरकारले मन्त्रिपरिषद्का वैठकका निर्णय सार्वजनिक गर्दै आएका छन् । तर, प्रदेश–३ सरकारले भने आफ्ना निर्णयहरु सार्वजनिक गरेको छैन ।
प्रदेश सरकार गठन भएको केही महिना सम्म मन्त्रिपरिषद् वैठकका निर्णय त्यही दिनमा वैठक लगतै सार्वजनिक गरेपनि महिनौ देखि बैठकका निर्णय औपचारिक रुपमा सार्वजनिक नगरिएको हो । जननिर्वाचित सरकारले गर्ने सबैजसो निर्णय सार्वजनिक सरोकारका हुन् । तर, पत्रकारलाई बैठकका बारेमा जानकारी दिएर वा कुनै दिनमा पत्रकार सम्मेलन गरेर वैठकका निर्णय सार्वजनिक गर्ने गरिएको छैन । अव मन्त्रिपरिसद् वैठकका निर्णय नियमित रुपमा सार्वजनिक गरिने प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
यसअघि बैठकका निर्णय विविध कारणले सार्वजनिक नभएपनि अव भने नियमित पत्रकार सम्मेलन गरेर वा बैठक पछी सार्वजनिक गरिने प्रवक्ता ढुंङ्गेलले वताउनुभयो । बैठकको निर्णय भएकै दिनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आफ्नो आधिकारिक वेवसाइटमा पनि निर्णय हप्तौ वित्दा पनि राखिने गरिएको छैन । कुनै निर्णयहरु महिना दिन विती सक्दा पनि सार्वजनिक गर्ने गरिएको छैन । अव भने नियमित रुपमा मुख्यमन्त्री कार्यालयको वेवसाइटमा पनि राखिने प्रदेश ३ का प्रमुख सचिव तोयम रायले वताउनुभयो ।
कुनै मन्त्रिपरिसद् बैठकमा मन्त्रिलाईनै वोलाइदैन
मन्त्रिपरिसद्को वैठक भन्ने वित्तिकै मन्त्रिहरुलाई अनिवार्य रुपमा वोलाउनु पर्छ । वैठकको दिनमा प्रदेश राजधानी बाहिर भएमा आउन नपाउनु मन्त्रीको कुरा हो । तर, प्रदेश ३ को मन्त्रिपरिषद्को बैठकमा मन्त्रीलाई पनि नवोलाएका उदाहरण छन् । बैठकमा नवोलाएपछी मन्त्रीले मुख्यमन्त्री कार्यालयमा जानकारी गराएपनि बाहिर भने सार्वजनिक गरिएको छ्रैन । बैठकमा समेत नबोलाइएका मन्त्रिले आफुलाई बोलाईएन भनेर बाहिर सार्वजनिक गर्न चाहनु भएन । तर, बैठक हुँदा एक मन्त्री हेटौंडामानै भएपनि बैठकमा भने नवोलाइएपछी वैठकमा जानु भएन । वैठकमा नवोलाईनु गैरजिमेवारी पना भएको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।